इरान : बन्दरगाह विस्फोटमा ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुग्याे
बैशाख १४, २०८२ आइतबार
जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावका बीच भारतीय जलसेनाले युद्ध अभ्यास गरेको छ । यस अभ्यासमा भारतीय जलसेनाको युद्धपोतहरूले लामो दूरीमा सटीक आक्रमण गरेर दुश्मनको जहाजलाई डुबाएको बीबीसी हिन्दीले जनाएको छ ।
जलसेनाका प्रवक्ताले जहाजहरूले लामो दूरीको सटीक आक्रामक हमलाहरू प्रदान गर्न प्लेटफर्म, प्रणाली र चालक दलको तयारीलाई पुनः प्रमाणित गर्न तथा प्रदर्शन गर्न धेरै सफल एन्टी–शिप फायरिङहरू गरेको बताएका छन् ।
जलसेनाका प्रवक्ताले अभ्याससँग सम्बन्धित केही तस्वीर र भिडियो पनि सार्वजनिक गरेका छन् । उनले भारतीय जलसेना जहाँ पनि, कुनै पनि समय र कुनै पनि तरिकाले देशको हितको रक्षा गर्न तयार रहेको बताएका छन् ।
गएको मङ्गलवार पहलगाममा भएको आक्रमणमा २६ जनाको ज्यान गएको छ । त्यसयता दुई देशबीचको सीमा क्षेत्रमा गोली हानाहानका घटना भइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।