खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि नियमित हुँदैछ । ओकुबहालबाट लगनखेलसम्म तान्ने क्रममा रथ ढल्किएपछि ललितपुर गुठी संस्थानले हिजो एकदिन रथयात्रा रोकेर रथ मर्मत गरेको थियो । मर्मतको काम सकिएकाले आजदेखि रथयात्रा नियमित हुन लागेको रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले जानकारी दिनुभयो । उहाँकाअनुसार आज दिउँसो ४ बजे थपाहितीबाट रथ मात्र तान्न शुरु हुनेछ ।
अघिल्लो शनिवार पुल्चोकबाट रथ तान्न शुरु भएको हो । अहिलेसम्म रथलाई गाबहाल, महापाल, मङ्गलबजार, सुन्धारा, ओकुबहाल हुँदै थपाहितिसम्म तानिएको छ । अब थपाहितिबाट रथ तानेर लगनखेल, इटिटोल, जावलाखेलसम्म पु¥याउन बाँकी छ । रथलाई जावलाखेलमा पु¥याएर भोटो देखाएपछि जात्रा समापन हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।