दलमा आवद्ध शिक्षकमाथिको कारबाही विवरण पेस गर्न निर्देशन

 जेठ ५, २०८१ शनिबार ९:२२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मातहतका निकायसँग दलको सदस्य रहेका शिक्षक र कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ । केन्द्रले सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै राजनीतिक दलको  कार्यसमितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि रहेका शिक्षक र कर्मचारीमाथि के कस्तो कारबाही प्रक्रिया अगाडि बढाइएको छ भनेर १५ दिनभित्र विवरण पेस गर्न भनेको हो ।

केन्द्रले विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्ने तथा काजमा बस्ने शिक्षकहरुको विवरणसमेत माग गरेको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही ७ वैशाखमा केन्द्रलाई पत्राचार गर्दै दलको कार्यसमितिमा रहेका शिक्षकलाई कारबाही गर्न मातहतका निकायमा निर्देशन दिएको थियो ।

त्यसलगत्तै केन्द्रले यो निर्णय कार्यान्वयन गर्न देशभरका इकाइ तथा स्थानीय तहहरूलाई पत्राचार गरेको थियो ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया