नेपालमा पहिलो पटक ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै

 जेठ ५, २०८१ शनिबार ९:५७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – नेपालमा पहिलो पटक ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुने भएको छ । न्यूयोर्क राइटर वर्कसपले लोटस बुकसँगको सहकार्यमा जेठ ९ देखि १५ गतेसम्म काठमाण्डौमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गर्न लागेको हो ।

जेठ ९ देखि १३ गतेसम्म कार्याशाला र १४ र १५ मा हिमालयन लिटरेचर फेस्टिभल हुनेछ । समूहगत छलफल, नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा कविता प्रस्तुति, फोटोग्राफी, योगा, मेडिटेसनलगायत कार्यक्रम हुने आयोजकले जनाएको छ ।

नेपाल, भारत, चीन, हङकङ, अमेरिका, रुस, अष्ट्रेलिया, फिलिपिन्सलगायत १२ भन्दा धेरै देशबाट ३५ अन्तर्राष्ट्रिय लेखक तथा प्रशिक्षक सहभागी हुने फेस्टिभलका संरक्षक युयुत्सु आरडी शर्माले बताउनुभयो । उहाँले साहित्य तथा पर्यटन प्रवद्र्धन गर्न महोेत्सव उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । मुख्य कार्यक्रमको अतिरिक्त महोत्सवमा पुस्तक हस्ताक्षर, पुस्तक विमोचन र विभिन्न विधाका लेखकसँग अन्तरक्रियात्मक सत्रहरू समावेश हुनेछन् ।   

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया