चितवनको देवनगर सवस्टेशन सञ्चालनमा

 जेठ ५, २०८१ शनिबार १२:१३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी लाइन उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका मेयर रेनु दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज संयुक्त रुपमा सबस्टेसन तथा प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भरतपुर महानगर क्षेत्रमा भइरहेको तीव शहरीकरणका कारण बढिरहेको विद्युत् मागलाई सम्बोधन गर्न ३३ केभीको रिङमार्फत् १२३ केभी सबस्टेसनमा जोड्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

देवनगर सबस्टेसनबाट भरतपुर महानगरपालिका ५, ६, ८, ९, १३, १४, १५, २२ र २३ नम्बर वडामा विद्युत आपूर्ति दिइएको छ । गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म झण्डै साढे ९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ ।

देवनगर सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ४ वटा फिडरहरु निकालिएका छन् । देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति हुँदा भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर, फुलबारी, गितानगर, पटिहानी, सितामाई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान हुनेछ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया