कान्ति लोकपथमा कार दुर्घटना : दुई जनाको ज्यान गयो, एक जना घाइते

 जेठ ५, २०८१ शनिबार १५:२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ चौतारामा कार दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले  जानकारी दिनुभयो ।

ललितपुरबाट हेटौंडातर्फ गुडरहेको कार बिहान चौतारानजिकै सडकबाट खसेको हो ।  ज्यान गुमाउनेमा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोन रहेका छन् ।

दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको थियो । साह र ब्लोनको उपचारका क्रममा ज्यान गएको डीएसपी भण्डारीले बताउनुभयो । दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते हुनुभएको छ । उहाँको  मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।   

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया