डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङलुङका छत्रबहादुर कार्की पहिलो

 जेठ ६, २०८१ आइतबार १८:२५:४७ | रासस
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन अर्थात् डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङलुङ गाउँपालिकाका–२ का छत्रबहादुर कार्की प्रथम भएका छन् ।

डोकोभित्र १५ किलो बालुवा बोकेर सदरमुकामदेखि सुकेटारमा रहेको सानो पाथीभरा मन्दिर पुगेर फर्किनुपर्ने झन्डै १४ किलोमिटरको दूरी एक घण्टा १५ मिनेटमा पार गर्दै कार्की पहिलो भएका आयोजकले जनाएको छ । यस्तै फिदिम नगरपालिका–१४ का विशाल राई एक घण्टा १९ मिनेटमा दूरी पार गरेर दोस्रो भएका छन् भने मिक्वाखोला गाउँपालिकाका–३ का मिङ्मा शेर्पा एक घण्टा २० मिनेटमा दूरी पार गरेर तेस्रो भएका छन् ।

प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ भने चौथोदेखि दशौँसम्मका लागि जनही एक हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिले जनाएको छ ।

चलिरहेको महोत्सवअन्तर्गत यसअघि दुना टपरी गाँस्ने, धुप बाट्ने लगायतका प्रतियोगिता सम्पन्न भएका छन् भने महोत्सवको अन्तिम दिन भोलि पाथीभरा म्याराथन हुने आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया