चट्याङ लागेर एक वर्षमा ७८ जनाकाे ज्यान गयाे

 वैशाख १, २०८२ सोमबार १८:१३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – २०८१ सालमा देशमा चट्याङ लागेर ७८ जनाको ज्यान गएको छ । २०८१ सालको वैशाख १ गतेदेखि चैत्र २९ गतेसम्मको अवधिमा देशभर ४१८ वटा चट्याङको घटना भएकोमा ७८ जनाको ज्यान गएको र ३०९ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

नेपालमा खासगरी  प्रि–मनसुनको समयमा अर्थात् मध्य फागुनदेखि मध्य जेठ महिनासम्म चट्याङ पर्ने सम्भावना धेरै हुन्छ । आकाशमा बिजुली चम्केर गड्याङगुडुङ आवाजसहित पर्ने चट्याङले वर्षेनि ठूलो जनधनको क्षति पुर्‍याइरहे पनि क्षति न्यूनीकरणका लागि पर्याप्त काम हुन सकेको छैन । बिजुली तथा विद्युतीय सामग्रीको उपयोग बढेसँगै चट्याङबाट हुने मृत्यु र घाइतेको सङ्ख्या पनि बढिरहेको छ ।

अग्ला टावर र भवन, बिजुलीको खम्बा, रुख र पहाडको टाकुरामा चट्याङको जोखिम धेरै हुन्छ । चट्याङबाट जोगिन घर र भवनहरू बनाउँदा राम्ररी अर्थिङ गर्ने, आकाशमा गड्याङगुडुङ गर्न थालेमा टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल बन्द गर्नेलगायत सावधानी अपनाउन विज्ञहरूको सुझाव छ ।

चट्याङ परेको समयमा सुक्खा ठाउँमा बस्नुपर्छ । भित्ता, सिमेन्टको भुइँ र झ्यालमा टाँसिनु हुँदैन । चट्याङ परेको आधा घण्टासम्म बाहिर नजानु हुँदैन । घर बाहिर भएमा बिजुली र रुखबाट टाढा बस्नुपर्छ । खोला, पोखरी, तरबार गरिएको ठाउँको नजिक पनि जान हुँदैन ।

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया