'लू' सम्बन्धी प्रतिकार्य योजना : पालिकामा 'एक्सन टिम' देखि पानी, जीवनजल, सर्बत बाँड्नेसम्मका योजना

 जेठ ९, २०८१ बुधबार १५:६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले तातो हावाको लहर अर्थात् 'लू' सम्बन्धी जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजना लागू गरेको छ ।

'लू' सम्बन्धी पहिलोपटक प्रतिकार्य योजना निर्माण गरी आजदेखि लागू गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो । प्रतिकार्य योजनामा विपद् भइहालेमा पालिकाबाट तत्काल औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन हुने गरी 'एक्सन टिम' तयार पार्नेदेखि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेसम्मका विषय समावेश गरेको उहाँले बताउनुभयो ।

योजनामा जिल्ला विपद् व्यवस्थापन समिति र पालिका तथा स्वास्थ्य कार्यालयलाई बढी जिम्मेवार बनाइएको छ । जिल्लास्तरमा विपद् संवाद सञ्चालन गर्ने, 'लू' बाट बच्ने उपायका सम्बन्धमा प्रचारप्रसार गर्ने, हेल्थ डेस्क स्थापना गरेर पानी, जीवनजल, सर्बतपानी वितरण गर्ने, प्राथमिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थालाई तयारीमा राख्ने, भीडभाड नियन्त्रण गर्ने, दिउँसोमा धेरै हिँडडुल नगर्न सचेत गराउने, कार्यस्थलमा शीतल हुने सुविधा उपलब्ध गराउने, यातायातमा सिट क्षमताअनुसार मात्रै यात्रु राख्न लगाउने, पङ्खाको व्यवस्था मिलाउने, बिहान–बेलुका काम गर्ने वातावरण सिर्जना गर्नेलगायत रहेका छन् ।

यस्तै प्रतिकार्य योजनामा 'लू' सम्बन्धी जल तथा मौसम विज्ञान विभागबाट जारी सूचना पालिका तहसम्म पुर्‍याउने रहेको छ । नेपालको तराईका २२ जिल्ला तातो हावाको लहरबाट बढी प्रभावित छन् । यसपालि गर्मी बढ्ने र वर्षा पनि बढी हुने आकलन जल तया मौसम विज्ञान विभागले सार्वजनिक गरेको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया