एशिया कपका लागि इन्दु बर्माको कप्तानीमा प्रारम्भिक टोली घोषणा

 जेठ १०, २०८१ बिहीबार १५:४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – एसीसी महिला एशिया कप क्रिकेटको बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले लागि आज इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान बर्मासँगै रुबिना क्षेत्री, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डोली भट्ट, विन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी रहेका छन् । यस्तै सबनम राई, रुबी पोदार, खुशी डङ्गोल, लक्ष्मी साउद, एलिशा खडिया, अप्सरी बेगम, करुणा भण्डारी, अश्मिना कर्माचार्य, सङ्गीता राई, आरती महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाखरिन र हेलिशा गुरुङ प्रारम्भिक टोलीमा अटाएका छन् ।

आउँदो जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा हुने महिला एशिया कप प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र यूएई पनि छन् । यस्तै समूह ‘बी’ मा बङ्ग्लादेश, मलेसिया, श्रीलङ्का र थाइल्यान्ड छन् ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया