सङ्घीय सरकारप्रति मेयर शाहको असन्तुष्टि– ‘आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु’

 जेठ ११, २०८१ शुक्रबार १५:८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

अघिल्लो वर्षको बजेट वक्तव्यमा नीतिगत एवम् कानुनी सुधार कार्यक्रममा २०८१ वैशाख १ गतेदेखि प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने भन्ने उल्लेख रहेकोमा अझै नभएको भन्दै मेयर शाहले असन्तुष्टि जनाउनुभएको हो । चालू आर्थिक वर्षको बजेटमा भएको व्यवस्था प्लास्टिकमा पोको पारिएका सुर्तीजन्य विस्तुका लागि पनि हो । ऐनले निषेध गरेका वस्तु जैविक खोलमा राखेर बेच्न मिल्ने हो कि होइन भन्ने पनि प्रस्ट पार्न मेयर शाहको आग्रह छ ।

यसअघि काठमाण्डौ महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्री/वितरणमा रोक लगाउन जारी गरेको सूचना सङ्घीय सरकारको यही व्यवस्थाका कारण सर्वोच्च अदालतले रोकेको थियो । सङ्घीय सरकारले नीति बनाएको तर कार्यान्वयन नगरेको र स्पष्ट पनि नबनाएका कारण स्वास्थ्यसँग जोडिएको महत्त्वपूर्ण काम पनि आफूहरूले गर्न नपाएको महानगरका मेयर शाहको भनाइ छ ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया