नेपालमा कोभिड–१९ को 'केपी' सब भेरियन्ट पुष्टि

 जेठ ११, २०८१ शुक्रबार १५:२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नेपालमा कोभिड–१९ को नयाँ 'सब भेरियन्ट' केपी पुष्टि भएको छ । गएको दुई महिनायता देशभर कोभिड–१९ पुष्टि भएका ४२ जनाको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सब भेरियन्ट केपी 'वान' र १७–जनामा केपी 'टू' पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यस्तै एक जनामा केपी 'थ्री' र एक जनामा केपी 'फो' सब भेरियन्ट देखिएको छ ।

यसअघि नेपालमा ओमिक्रोन भेरियन्टको जे एन भेरियन्टको विभिन्न सब भेरियन्ट पुष्टि भएको थियो । पछिल्लो समय देखिएको केपी सब भेरियन्ट भने सिङ्गापुरलगायत केही देशहरूमा देखिएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाले सूचनामा केपी सब भेरियन्ट अत्यधिक चाँडो फैलनसक्ने उल्लेख गरेको छ । अरू देशको अनुभवअनुसार केपी सब भेरियन्टको लक्षण अन्य भेरियन्टको तुलनामा खासै फरक छैन ।

याे भेरियन्टमा नाकबाट पसिना आउने, घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जीउ दुख्ने, कमजोरीपनजस्ता पुरानै लक्षण देखिएको पाइन्छ ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया