धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थलमा उडान/अवतरण १ घण्टा अवरुद्ध

 जेठ ११, २०८१ शुक्रबार १५:६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि एक घण्टा उडान तथा अवतरण रोकिएको छ । बिहान पौने १२ बजेदेखि दिउँसो पौने १ बजेसम्म उडान तथा अवतरण अवरुद्ध भएको विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो ।

धावनमार्गमा खाल्डो देखिएपछि केही विमानलाई आकाशमै 'होल्ड' मा राख्नुपरेको थियो । मर्मतपछि सुक्न समय लागेकाले एक घण्टा विमानस्थल बन्द गर्नुपरेको हो ।

धावनमार्गमा परेको खाल्डो पुरेपछि सबै उडान अवतरण पुनः शुरु भएको  विमानस्थल कार्यालयका प्रवक्ता झाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया