यस वर्षको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म ५ जनाको ज्यान गयाे, ३ जना बेपत्ता

 जेठ ११, २०८१ शुक्रबार १५:२३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – यस वर्षको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म पाँच जनाको ज्यान गएको छ । यस्तै तीन जना हराइरहेका छन् ।

ज्यान गुमाएका र हराएका आठ जनामध्ये तीन जना नेपाली र पाँच जना विदेशी नागरिक रहेका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो । आठ जनामध्ये एक जनाको टेन्टमा सुतेकै बेला ज्यान गएको हो भने बाँकी आरोहणका क्रममा लडेका वा हराएका हुन् ।

यस वर्ष सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएकामा अनुमति लिएका आरोही र उनीहरूका सहयोगीसमेत गरी पाँच सय ७० जनाभन्दा धेरैले आरोहण गरिसकेका पर्यटन विभागले जनाएको छ । सामान्यतया मे २९ सम्म आरोहण खुला हुने भएकाले बाँकी आरोहीहरू अन्तिम आरोहणको तयारीमा रहेका छन् ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया