सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

 जेठ १२, २०८१ शनिबार ६:२३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले हिजो सिरोहियालाई थप तीन हिरासतमा राखेर अनुसन्धन्धान गर्न अनुमति दिएको हो ।

धनुषा अदालतको पाँच नम्बर इजलासमा पक्ष–विपक्षका वकिलहरूको बहसपछि यस्तो आदेश दिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई तथा अधिवक्ताहरु रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले सिरोहियाको पक्षमा बहस गर्नुभएको थियो ।

प्रहरीले सिरोहियालाई  गएको मङ्गलबार पक्राउ गरेको थियो । दोहोरो नागरिकता लिएको भन्दै प्रहरीमा उजुरी परेपछि सिरोहियामाथि अनुसन्धान शुरु भएको हो ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया