नित्या रञ्जनालाई लण्डनको यल्लो पेन्सिल अर्वाड

 जेठ १२, २०८१ शनिबार ८:२१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कम्प्यूटर, मोबाइलमा रञ्जना लिपि लेख्नको लागि विकास गरिएको नित्या रञ्जना फन्टले यस बर्षको डीएण्डएडी यल्लो पेन्सिल अवार्ड प्राप्त गरेको छ । बिहीवार लण्डनमा भएको ६२ औँ डीएण्डएडी अवार्ड कार्यक्रममा टाइप एण्ड लेटिरिङ् विधामा नित्या रञ्जनाले यल्लो पेन्सिल अवार्ड पाएको हो ।

मौलिक रचनात्मक उत्कृष्ठताका लागि प्रदान गरिने यसप्रकारको अवार्ड नेपालका लागि पहिलो हो । ६ सयभन्दा धेरै निर्णायकको निर्णयबाट लिपि पुरस्कृत भएको अवार्ड कार्यक्रममा सहभागी तोशी ओमगरीले जानकारी दिनु भयो । कार्यक्रममा उड पेन्सिल, ग्रेफाइट पेन्सिल, ब्ल्याक पेन्सिल, ह्वाइट पेन्सिलसहित विभिन्न विधाका अवार्ड वितरण गरिएको थियो ।

नेपालको क्यालिजात्रा फाउण्डेशन र भारतको फन्ट डिजाइन कम्पनी एक टाइपको सहकार्यमा नित्या रञ्जना फन्टको विकास गरिएको हो । फन्ट गएको चैत ३ गतेदेखि प्रयोगमा आएको हो । अवार्डसँगै नित्या रञ्जना फन्ट र रञ्जना लिपिले अन्तर्राष्ट्रिय स्तरमा पहिचान वृद्धि गरेको क्यालिजात्रा फाउण्डेशनका अध्यक्ष आनन्द कुमार महर्जनले बताउनु भयो । यसभन्दा अघि पनि नित्या रञ्जनाले कलात्मक अक्षरको लागि टीडीसी अवार्ड पाएको थियो । 
 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया