यस वर्षको सगरमाथा आरोहण अन्तिम चरणमा

 जेठ १२, २०८१ शनिबार १२:२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – यस वर्षको सगरमाथा आरोहण अन्तिम चरणमा पुगेको छ । केही आरोहीले आउँदो मङ्गलवार आरोहण गर्ने बताए पनि आज बिहानदेखि धेरैजसो समूहको आरोहण सकिएको पर्यटन विभागको आधारशिविर फिल्ड कार्यालयका संयोजक खिमलाल गौतमले जानकारी दिनुभयो । ९० प्रतिशत भन्दा धेरै आरोहीको आरोहण सकिएको उहाँले बताउनुभयो ।

विभागले अस्ति बिहीवारसम्म पाँच सय ७० जना भन्दा धेरैले आरोहण गरेको विवरण सार्वजनिक गरेको थियो । त्यसपछि थपिएका केही आरोहीको विवरण सङ्कलन गर्ने काम भइरहेको गौतमले बताउनुभयो । विभागले मे २९ ताखिरसम्म आरोहणको अनुमति दिन्छ ।

आरोहण सकिने क्रमसँगै आरोहण व्यवस्थापन गर्ने कम्पनीहरुले माथिल्ला शिविरबाट आफ्ना पाल तथा अरु बन्दोबस्तीका समान आधार शिविरमा ल्याउन थालेका छन् । आधार शिविरबाट पनि थुप्रै पालहरु उठाइसकेको विभागले जनाएको छ ।

यस वर्ष सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका थिए । उनीहरुमा सहयोगी समेत गरी झण्डै नौ सय जनाले आरोहण गर्ने अनुमान् रहेको र यकिन विवरण यस वर्षको आरोहण सकिएको केही दिनपछि मात्र प्राप्त हुने विभागले जनाएको छ । यस वर्ष आरोहणका क्रममा पाँच जनाको ज्यान गएको छ भने तीन जना हराइरहेका छन् । 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया