सुक्खा पहिरोले अवरुद्ध भएको आरुघाट–लार्के सडक खुलाउने प्रयास हुँदै

 जेठ १४, २०८१ सोमबार ९:५५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

गोरखा – उत्तरी गोरखा जोड्ने बेनिघाट–आरुघाट–आरखेत–लार्के सडकखण्ड सुक्खा पहिरो खसेर अवरुद्ध भएको छ । हिजो दिउँसो धार्चे गाउँपालिका–३, उहियाँको यारु नजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।

पहिरो सडकमा खसेपछि उत्तरी गोरखा जाने एक मात्र सडकखण्ड पूर्णरुपमा बन्द भएको उहाँले बताउनुभयो । उहाँकाअनुसार पहाडको माथिबाट ठूलो ढुङ्गा चोइटिएर बूढीगण्डकी नदी किनारसम्म पुगेको छ । पहिरो हटाएर सडक खुलाउने पहल भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

पहिरो खसेको क्षेत्रमा कुनै बस्ती नभएकाले मानवीय क्षति भने भएको छैन । बेनिघाट–आरुघाट–आरखेत–लार्के सडकखण्डअन्तर्गत पर्ने त्यसक्षेत्रमा कडा चट्टानका कारण नेपाली सेनाले पहाडमा विष्फोट गरेर सडक बनाएको हो ।

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया