खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – महामारी नियन्त्रणका लागि समानता कायम गर्न नेपालसहितका कम विकसित देशले कोषको रकम बढाउन विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले महामारी कोष सञ्चालन गर्ने सम्झौताको निर्णय लिन अन्तिम तयारी गरिरहेका बेला गरिब देशले महामारी नियन्त्रण कोषको रकम बढाउन ध्यानाकर्षण गराएका हुन् ।
महामारीको समयमा कुनै पनि देशमा स्वास्थ्य सेवा, उपकरण र औषधिको अभाव हुन नदिन महामारी कोष सञ्चालन गर्ने भनिएको छ । विकसित तथा धनी देश र विश्व स्वास्थ्य सङ्गठनबीच सन् २०२४ मे महिनाको अन्तिमसम्ममा महामारी कोष सञ्चालन गर्ने सम्बन्धमा सम्झौताको तयारी छ । अबको केही दिनमा यसबारेको निर्णय आउने छ ।
विश्व बैंकले सञ्चालन गर्ने महामारी कोषको आकार १० बिलियन डलर पुर्याउने र यसबाट हरेक वर्ष १ बिलियन डलर वितरण गर्ने तयारी छ । यही सम्झौतालाई ध्यानमा राखेर एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ) ले 'सेभ आवर सोसाइटी' (एसओएस) नारासहित नेपाललगायत विश्वका अरू गरिब देशमा महामारी कोषको रकम बढाउन माग गर्दै दबाब स्वरूप विश्वभर अभियान थालेको छ ।
यो अभियानमा नेपाल सरकारले पनि ऐक्यबद्धता जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्र रमण सिंहले यो अभियानले नेपाललगायतका गरिब देशको हितमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
एएचएफ नेपालका राष्ट्रिय निर्देशक दिव्यराज जोशीले पछिल्लो समय कोभिड–१९ को महामारी फैलिँदा नेपाललगायतका गरिब देशले स्वास्थ्य पूर्वाधार, आवश्यक औषधि र अन्य स्वास्थ्य सामग्रीको अभावका कारण महामारी नियन्त्रणबाहिर गएर ठूलो क्षति बेहोर्नुपरेको बताउनुभयो ।
कोभिड महामारीको समयमा गरिब तथा अति कम विकसित देशहरूले अस्पतालमा आवश्यक शय्या (बेड), अक्सिजन, आईसीयू, भेन्टिलेटर, खोप र जनशक्तिसमेतको अभावको सामना गर्नुपरेको एएचएफको भनाइ छ ।
यसअघिको अनुभवमा पनि महामारी नियन्त्रण गर्न धनी र गरिब देशबीचको असमानताका कारण केही देशमा खोपको मात्रा खेर जाँदा केही देशले आवश्यक मात्रामा खोप नपाउने, मास्क नपाउने, सामान्य उपचारमा समेत पहुँच नपुग्नेजस्ता समस्या भएको हुँदा सहायता वितरणमा ख्याल गर्नुपर्ने उद्देश्यले अभियान थालेको एएचएफले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।