खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – नेपालका लागि चिनियाँ राजदूत छन सङ्ले बाह्रबिसे–तातोपानी सडक खण्डको स्तरोन्नतिका लागि चीन तयार रहेको बताउनुभएको छ । सिन्धुपाल्चोकको मितेरी पुलसम्म पुग्ने सडक र नाका व्यवस्थापनबारे चिनियाँ राजदूतका पदाधिकारीसहित तातोपानी भन्सार कार्यालयमा हिजो बेलुका भएको सर्वपक्षीय छलफलमा राजदूत छनले सडक स्तरोन्नति गर्न चीन तयार रहेको बताउनुभएको हो ।
नेपालले पनि सडक सुधारका लागि बजेट विनियोजन गरेको सन्दर्भमा दुवै देशले मिलेर बाटो बनाउन सकिने उहाँले बताउनुभयो । पहिरो खसेको ठाउँ तथा सडकका अन्य भागको अध्ययनका लागि चिनियाँ प्राविधिक आउने जानकारी राजदूत छनले दिनुभयो ।
चीनबाट अत्याधुनिक उपकरण ल्याएर निर्माणमा सघाउने उहाँले बताउनुभयो । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद माधव सापकोटाले यो सडक स्तरोन्नतिका लागि एक अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै दुवै देशले मिलेर काम गर्न प्रस्ताव गर्नुभएको थियो । २०७२ सालको भूकम्पपछि बन्द भएको तातोपानी नाका २०८० भदौ १५ गतेदेखि खुलेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गएको असोजमा भएको चीन भ्रमणका क्रममा यो नाका पुग्ने सडकको स्तरोन्नति चीनले गरिदिने विषयमा भएको सहमतिका सन्दर्भमा चिनियाँ पक्षसँग पटक पटक छलफल भए पनि कार्यान्वयन हुन सकेको छैन । यद्यपि हिजोको छलफलमा चिनियाँ पक्षबाट सकारात्मक जवाफ आएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।