९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि विदेशमा

 वैशाख ९, २०८२ मंगलबार ९:१३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चैतमा मात्रै ७३ हजार ४ सय ३ युवाले श्रम स्वीकृति लिएका छन् । फागुनसम्म सङ्ख्या ५ लाख ३४ हजार ४ सय ७१ ले श्रम स्वीकृति लिएका थिए ।

सबैभन्दा धेरै नेपालीको गन्तव्य यूएई रहेको छ । ९ महिनामा यूएई जाने नेपालीको सङ्ख्या १ लाख ९६ हजार ९ सय २१ जना रहेको छ ।

दोस्रो स्थानमा साउदी अरब र तेस्रो स्थानमा कतार, त्यसपछि मलेसिया र कुवेत नेपालीको लोकप्रिय गन्तव्यमा परेका छन् ।

साइप्रस, बहराइन, जापान, कोरिया, रोमानिया, ओमानसहित देशमा धेरै नेपाली कामको खोजीमा पुगेका छन् ।

चैत महिनामा विदेशिएका ७३ हजार ४ सय ३ मध्ये २१ हजार ६ सय ९५ युवा अदक्ष छन् । अर्धदक्ष युवा ४२ हजार ४ सय ५४ र दक्ष कामदार सङ्ख्या ८ हजार ८ सय ९९ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया