मालपाेत कार्यालय कपिलवस्तुका नासु ३० हजार रुपैयाँ घुससहित पक्राउ

 जेठ १७, २०८१ बिहीबार १५:९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा (नासु) नरहरि खनाल घुस रकमसहित पक्राउ परेका छन् ।

जग्गा नामसारीका लागि सेवाग्राहीसँग लिएको ३० हजार रुपैयाँ घुससहित खनाललाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

घुससहित पक्राउ परेका नासु खनाललाई भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद र घुस रकम बराबरको बिगो मागदाबी गर्दै आज विशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया