मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गर्ने

 जेठ १८, २०८१ शुक्रबार १२:३३:२२
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन मुख्य तीन दलबीच सहमति भएको छ ।

हिजो बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको हो । बहुमत सांसदको हस्ताक्षर भएपछि मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी छ ।

१ सय ७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीको १३, नेकपा (माओवादी केन्द्र) को ९, लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) को ८ र नेकपा (एकीकृत समाजवादी) काे ७ सांसद छन् । नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुपर्ने भएको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया