सप्तरीमा ट्र्याक्टर पल्टिँदा दुई जनाको ज्यान गयो

 जेठ २०, २०८१ आइतबार १३:९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सप्तरी – सप्तरीमा ट्र्याक्टर पल्टिँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । हिजो बेलुका कञ्चनपुर–राजविराज हुलाकी सडक खण्डमा पर्ने सुब्बाटोलमास १ त ६२९५ नम्बरको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ज्यान गुमाउनेमा सिरहाको लाहान नगरपालिका वडा नम्बर–१९ घर भएका मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का सुशिल राम रहेका छन् । राजविराजबाट आँप लिएर कञ्चनपुरतर्फ गुडिरहेको ट्र्याक्टर सडकबाट झन्डै १० मिटर तल खसेको हो ।

घाइतेमध्ये आठ जना उपचारपछि घर फर्किएका छन् । १४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया