भ्रष्टाचार मुद्दा दर्ता भएसँगै गोदावरीका मेयर र उपमेयर निलम्बनमा, अब कार्यवाहक मेयर को ?

 जेठ २२, २०८१ मंगलबार १५:४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी पदबाट निलम्बनमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुका ढुङ्गाखानीबाट रोडा, ढुङ्गा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै उनीहरूविरुद्ध हिजो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर र उपमेयर पदीय जिम्मेवारीबाट निलम्बित भएका छन् । अदालतले सफाइ दिएमात्रै दुवै जना पुनः नगरपालिकाको काममा फर्कन पाउनेछन् ।

मेयर र उपमेयर नै निलम्बनमा परेकाले अब कार्यवाहक मेयरको जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषय अन्योलमा परेको छ । यस विषयमा स्थानीय शासन सञ्चालन ऐन २०७४ समेत मौन रहेको छ । कुनै पनि ऐन, कानुनले मेयर र उपमेयरको एकैपटक निलम्बनको कल्पना नगरेकाले अब कार्यवाहक मेयर को बन्ने भन्ने अन्योल भएको हो ।

सङ्घीय मामिला तथा सामान्य मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले यस्तो अवस्थामा मेयरको काम कसले गर्ने भनेर कतै पनि उल्लेख नभएकोले अन्योल भएको बताउनुभयो । तर अब कार्यपालिकाको बैठक बसेर आपसी सहमतिका आधारमा ज्येष्ठ वडाध्यक्षलाई कार्यवाहक मेयरको भूमिका दिन सक्ने उहाँले उज्यालोलाई जानकारी दिनुभयो । आफूहरूले पनि नगरपालिकालाई यही सुझाव दिएको मन्त्रालयका प्रवक्ता पराजुलीले बताउनुभयो ।

चार वटा आर्थिक वर्षमा खानीजन्य ढुङ्गा/गिट्टी र बालुवाको टेन्डर लगाउँदा सरकारी दरभन्दा कम गरी एक अर्ब चार करोड ८७ लाख ४५ हजार दुई सय ८७ रुपैयाँ हानी/नोक्सानी पुर्‍याएको ठहर भएको अख्तियारले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया