धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
बागलुङ – मानवसेवा आश्रम बागलुङको भवन निर्माणका लागि एकैदिन ६४ लाख ५४ हजार पाँच सय ९५ रुपैयाँ सङ्कलन भएको छ । निर्माणाधीन भवन सहयोगार्थ 'मिट एण्ड ग्रिट' कार्यक्रमबाट एकैदिन साढे ६४ लाख रपैयाँभन्दा धेरै रकम सङ्कलन भएको हो ।
कार्यक्रममा बागलुङको काठेखोला गाउँपालिकाले १५ लाख, पर्वतको कुश्मा नगरपालिकाले पाँच लाख ११ हजार, फलेबास नगरपालिकाले पाँच लाख ११ हजार र म्याग्दीको मालिका गाउँपालिकाले पाँच लाख ११ हजार रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै स्थानीय र बागलुङ बजारका व्यापारीले सहयोग गरेको मानवसेवा आश्रमका सहकोषाध्यक्ष सुमीरा लामाले जानकारी दिनुभयो । २०७३ सालदेखि बागलुङको शाखा स्थापना गरेर सेवा दिँदै आएको आश्रमले २०७८ सालमा बागलुङ नगरपालिका–४ निरयघाटमा जग्गा प्राप्त गरेपछि सुविधा सम्पन्न भवन निर्माण गर्न थालेको हो । आश्रममा अहिले ५३ जना सहयोगापेक्षी आश्रित रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।