काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
प्यूठान – झिमरुक गाउँपालिकामा तोकिएको मितिभन्दा चार महिना अघि नै पुल निर्माण कार्य सम्पन्न भएको छ । गोब्दी खोला पुल निर्माणका लागि आँसु/जानकी/बजरंगी जे.भी.ले २०८० सालको असार १७ गते सम्झौता गरेको थियो ।
२० मिटर लम्बाई र १० मिटर चौडाइ रहेको पुल निर्माण सम्पन्न गर्न २०८१ असार १७ गतेसम्म रहेको थियो । तर कम्पनीले चार महिना अघि नै पुल निर्माण सम्पन्न गरेको हो । गएको फागुनमै पुल निर्माण सकेर गाडी चल्न थालेको तर अहिलेसम्म भुक्तानी भने नपाएको निर्माण व्यवसायी बालाजु श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठको कम्पनीले यसअघि पनि मल्लारानी गाउँपालिकामा तोकिएको समयभन्दा एक वर्ष अघि नै सिंचाइ कुलो र झिमरुक गाउँपालिकाको तुषारामा डेढ वर्ष पहिले काउले सिँचाइ कुलो निर्माण गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।