धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – ट्राफिक प्रहरीले १० महिनामा काठमाण्डाै उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख जनाभन्दा धेरै गाडी चालकलाई कारबाही गरेको छ ।
काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाण्डाै, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख चार हजार दुई सय ७२ जना चालकलाई कारबाही गरेको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले लेन अनुशासन, तीव्र गति, जाँड–रक्सी खाएर गाडी चलाउने, जथाभाबी हर्नलगायत विभिन्न कसुरमा चालकहरूलाई कारबाही गर्दा ५७ करोड ८४ लाख १९ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको जानकारी दिनुभयो ।
कारबाही गरिएकामध्ये लेन अनुशासनमा ५० हजार सात सय एक जना, जाँडरक्सी खाएर गाडी चलाउने ३२ हजार ८३ जना, तीव्र गतिमा गाडी चलाउने एक लाख आठ हजार आठ सय ३४ जना र रातो बत्ती बलेको बेला गाडी चलाउने २६ हजार एक सय ३६ चालक रहेका छन् ।
यस्तै गाडीमा यात्रु ताेकिएभन्दा धेरै राख्ने पाँच हजार पाँच सय ७८ जना, क्युआरटीमार्फत ८२ हजार नौ सय ८४ जना र सीसीटीभी क्यामेराबाट ५३ हजार चार सय ६६ जना चालकलाई कारबाही गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।