सुनसहित त्रिभुवन विमानस्थलबाट ४ जना पक्राउ

 जेठ २७, २०८१ आइतबार १८:२४:१० | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याएको सुनसहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला, रौतहटको कटहरिया नगरपालिका–६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरीको सुरुङ्गा नगरपालिका–५ का २१ वर्षीय मोहम्मद अरमान र सप्तरीको खडक गरपालिका–६ का ३७ वर्षीय ज्याउदिन मियाँ छन् ।

प्रहरीले कोइराला र आलामको साथबाट २५ ग्राम सुनको सिक्री एक थान र ६९ दशमलव ९९ ग्राम सुनको काँचो डल्लो बरामद गरेको जनाएको छ । यस्तै अरमान र मियाँको साथबाट ५० ग्राम सुनको सिक्री बरामद भएको छ ।

उनीहरू विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया