नक्कली नोटसहित काठमाण्डौबाट २ जना महिला पक्राउ

 जेठ २७, २०८१ आइतबार १८:२१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नक्कली नोटसहित काठमाण्डौबाट २ जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका वडा नम्बर १४ बस्ने ४७ वर्षीया तारादेवी डङ्गोल र काठमाण्डौकै नागार्जुन नगरपालिका वडा नम्बर ५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

काठमाण्डौको कलङ्कीमा नक्कली नोटको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा कार्यालयबाट खटिएको टोलीले दुई जना महिलालाई पक्राउ गरेको परिसरका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

उनीहरूको साथबाट ५ लाख १४ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया