काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको शिक्षा विभागले १३ वटा सामुदायिक विद्यालयले वहालमा लगाएका १ सय ७५ वटा सटरमा ताला लगाएको छ ।
महानगरले ठमेलको जुद्धोदय माध्यमिक विद्यालय (जेपि स्कूल) को ४६ वटा, बानेश्वरको रत्नराज्य माध्यमिक विद्यालयको ११ वटा, कन्या मन्दिर माध्यमिक विद्यालयको ३६ वटा, गुह्येश्वरीको मङ्गलादेवी माध्यमिक विद्यालयको १२ वटा, बौद्धको जनकल्याण माध्यमिक विद्यालयको १४ वटा, चावहिलको पशुपति मित्र माध्यमिक विद्यालयको ३६ वटा र बौद्धकै महेन्द्र माध्यमिक विद्यालयको २० वटा सटरमा ताला लगाएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो ।
त्यस्तै शितला माध्यमिक विद्यालय, वोहराटार, शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्ज, नव जागृति माध्यमिक विद्यालय, वोहोराटार, रुद्रमती आधारभूत विद्यालय, देवीनगर, विद्योदय आधारभूत विद्यालय, झोँछे र आधारभूत विद्यालय, लगनले भाडामा लगाएका सटर आफैँ बन्द गराएका थिए । यसअघि महानगरले अस्ति ४ वटा विद्यालयका ६१ वटा सटरमा ताला लगाएको थियो ।
यी विद्यालयहरुले विद्यालयको खुला जग्गा सङ्कुचित बनाएर अस्थायी टहरा बनाएका छन् । यसले विद्यार्थीको सुरक्षा, शैक्षिक तथा व्यक्तित्व विकासमा बाधा सिर्जना गरेको भन्दै शिक्षा अधिकृत नेत्रनारायण पौडेलले विद्यालयको सम्पत्ति विद्यार्थीहरुको शैक्षिक र व्यक्तित्व उन्नतिका लागि मात्र उपयोग गर्न पाइने व्यवस्था रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।