मुख्यमन्त्री कार्यालयकै कर्मचारीकाे नक्कली 'सर्टिफिकेट'

 जेठ २९, २०८१ मंगलबार १८:७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय धनगढीमा कार्यरत शाखा अधिकृतले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएकाे खुलेकाे छ ।

सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयका साताैँ तहका शाखा अधिकृत लक्ष्मण शाहले भारतकाे उत्तर प्रदेश राज्यकाे माध्यमकि शिक्षा परिषद‍्बाट इन्टरमिडियट (कक्षा १२) तहकाे परीक्षा उत्तीर्ण गरेकाे भनी झुटा शैक्षिक याेग्यताकाे प्रमाणपत्र पेश गरी जागिर खाएकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले जनाएकाे छ । शाहले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी कम्प्युटर अपरेटर हुँदै शाखा अधिकृतसम्म भएका विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाण्डाैमा आरोप पत्र दायर गरेको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया