कक्षामा पानी चुहिएपछि शिक्षिकाहरू छानामा चढेर मर्मत गरे

 जेठ ३०, २०८१ बुधबार १५:२०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तीन जना शिक्षिका भवनको छानामा चढेर मर्मत गर्दै गरेको फोटो सार्वजनिक भएको तनहुँको सरस्वती आधारभूत विद्यालयमा भवन जीर्ण हुँदा पठनपाठनमै समस्या रहेको पाइएको छ ।

पानी चुहिएर पढाइमा समस्या भएकैले शिक्षिकाहरू छानामा चढेर मर्मत गर्नुपरेको विद्यालयकी प्रधानाध्यापक सरस्वती भट्टराईले बताउनुभयो । बन्दीपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको विद्यालयका शिक्षिकाहरू वन्दना भट्टराई, शुभकामना कुँवर र निर्मला थापाले हावाले उडाएको छाना मर्मत गरेका थिए ।

यही जेठ १७ गते आएको हावाहुरीले भवनको छाना उडाएपछि शिक्षिकाहरूले मर्मत गरेका उहाँले बताउनुभयो । विद्यालयका तीन वटा भवन भए पनि जीर्ण छन् । एउटै कोठामा दुई वटा कक्षा सञ्चालन गर्नुपरेको प्रधानाध्यापक भट्टराईले बताउनुभयो ।

कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा ३१ जना विद्यार्थी र सात जना शिक्षिक रहेका छन् । जेठ १७ गतेको हावाहुरीले पालिकामा पाँच वटा विद्यालय र केही घरका छाना उडाएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । छाना उडाएका विद्यालयलाई पाल वितरण गरेको र सरस्वती आधारभूत विद्यालयको भवन मर्मत गर्नका लागि कार्यपालिकाबाट निर्णय भइसकेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया