काठमाण्डौमा गर्मी अत्यधिक बढ्यो, मनसुन काठमाण्डौ उपत्यकामा भित्रिन अझै ३ दिन लाग्ने

 जेठ ३०, २०८१ बुधबार १४:५९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा गर्मी निकै बढेको छ । रातको समयमा गर्मी धेरै भएकाले विशेषगरी माथिल्लो तलामा सुत्नसमेत समस्या हुने गरेको छ ।

बितेका ३० वर्षको तथ्याङ्कलाई आधार मान्दा जुन महिनामा काठमाण्डाैकाे सरदर अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस हो । तर गएकाे जुन १० अर्थात् जेठ २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वचालित मौसम मापन केन्द्रमा ३४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । गएको वर्षको जुन १० तारिखमा काठमाण्डौको अकितम तापक्रम ३३ दशमलव ३ डिग्री सेल्सियस थियो ।

यसैबीच अस्ति साेमवार कोशी प्रदेश हुँदै नेपाल भित्रिएको मनसुन शनिवारसम्ममा काठमाण्डौ उपत्यकामा भित्रिने भएको छ । अहिले कोशी प्रदेशमै रहेको मनसुन शनिवारसम्ममा काठमाण्डौ उपत्यका आइपुग्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्रध्यापक विनोद पोख्रेलले जानकारी दिनुभयो ।

मनसुन पूर्वी नेपालबाट भित्रिएर झन्डै एक हप्तामा देशभर फैलन्छ । अहिले कोशी प्रदेशबाहेकका ठाउँमा स्थानीय र पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाण्डाै उपत्यकामा आज सामान्य बादल लाग्छ । पानी पर्ने सम्भावना भने निकै कम छ ।

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया