धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज राति समूह ‘ए’ का अमेरिका र भारत खेल्दैछन् । न्युयोर्कमा हुने खेल राति सवा ८ बजे शुरु हुनेछ ।
भारत २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । अमेरिकाले पनि २ खेलमा ४ अङ्क जोडेको भए पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।
भारतले पहिलो खेलमा आयरल्यान्ड र दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो । यस्तै अमेरिकाले पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो ।
अमेरिका र भारतले एकअर्कासँग अहिलेसम्म कुनै पनि फम्र्याटको क्रिकेट खेलेका छैनन् । आजको खेल यी दुई टोलीबीचको पहिलो भेट हुनेछ ।
टी–२० विश्वकपमा अहिलेसम्म समूह ‘बी’ बाट अस्ट्रेलिया र नेपाल रहेको समूह ‘डी’ बाट दक्षिण अफ्रिका ‘सुपर आठ’ मा पुगेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।