सङ्खुवासभाको शारदा माविका तत्कालीन प्रधानाध्यापकसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 जेठ ३०, २०८१ बुधबार १८:१५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर ४ हुम्लिङ्गमा रहेको शारदा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उनीहरूले विद्यालयमा खानेपानी आपूर्ति र पुस्तकालय व्यवस्थापनका लागि विनियोजित रकममबाट कुनै पनि कामको शुरुवात नै नगरि बिल भर्पाई मिलाई रकम अनियमितता गरेका अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

अख्तियारले प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्षसहित विद्यालयका तत्कालीन शिक्षक लालबाबु मण्डल र शाक्य अफसेट प्रेस चैनपुरका प्रोप्राइटर केशवकुमार शाक्यविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले प्रधानाध्यापक भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारीसँग चार लाख ६० हजार चार सय ५५ रुपैयाँ, शिक्षक मण्डलसँग तीन लाख ४३ तथा प्रोप्राइटर शाक्यसँग चार लाख १० हजार चार सय ५५ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया