पाल्पाको नुवाकोटबाट बुटवल फर्कंदै  गरेको कार दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

 जेठ ३१, २०८१ बिहीबार ९:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – पाल्पाको तिनाउ गाउँपालिका नुवाकोटबाट बुटवल फर्कंदै गरेको कार हिजो बेलुकी नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा पल्टिँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । लु २ च ८५३१ नम्बरको कार हिजो राति साढे ८ बजेतिर अनियन्त्रित भई सडकबाट खसेको हो ।

दुर्घटनामा स्याङ्जा पुतलीबजार घर भई बुटवल–१० बस्दै आएका चालक ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका बुटवल मिलनचोककी चन्दा श्रेष्ठको भैरहवा मेडिकल कलेज, भैरहवा र बुटवल ११ होराइजन चोककी लक्ष्मिता श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ ।

घाइते दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असार २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया