काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा परेर ज्यान गुमाउनेहरु उपाध्यक्षका परिवार रहेको थाहा भएको छ ।
गाउँपालिकाका अध्यक्ष राजन लिम्बूकाअनुसार गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूको घर पहिरोमा पुरिँदा उहाँका बुवा ६९ वर्षीय रामबहादुर, कान्छीआमा जसमाया र बहिनीहरु नौ वर्षीया गङ्गा र जमुनाको ज्यान गएको हो । गङ्गा र जमुना जुम्ल्याहा दिदीबहिनी रहेको पनि अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
पहिरोमा परेर ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीया छोरी घाइते हुनुभएको छ । राति दुई बजेतिर खसेको पहिरोले घर पुरिएको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।