सुडानको अल–फाशरमा भएको झडपमा दुई सय २० जनाभन्दा धेरैको ज्यान गयो

 असार १, २०८१ शनिबार ६:४१:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सुडानको अल–फाशरमा भएको झडपमा दुई सय २० जनाभन्दा धेरैको ज्यान गएको छ । परोपकारी संस्था मेडिसिन्स सेन्स फ्रन्टियर्स (एमएसएफ) ले अल–फाशरमा भएको पछिल्लो लडाइँमा दुई सय २० जना भन्दा धेरै मारिएका र एक हजार चार सय जना घाइते भएका जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

निरन्तरको हवाई आक्रमण र गोलाबारीका कारण घाइतेले उपचार पाउनसमेत सकिरहेका छैनन् । एमएसएफका आपत्कालीन कार्यक्रमका प्रमुख मिसेल–ओलिभियर लाचाराइटले अल–फाशरमा अवस्था अराजक बनेको बताउनुभएको छ ।

अल–फाशर अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सको नियन्त्रणबाहिर रहेको डार्फरको शहर हो । यो शहर सुडानी सेनाले पूर्व डेपुटी कमान्डर मोहम्मद हमदान डाग्लोको नेतृत्वको आरएसएफविरुद्ध लडिरहेको युद्धको केन्द्रबिन्दु बनेको छ ।

अल–फाशरमा आरएसएफले गरेको घेराबन्दी अन्त्यको माग गर्दै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले प्रस्ताव नै पारित गरेको छ ।     

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया