२७ वर्षअघि ‘ट्र्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी
बैशाख १३, २०८२ शनिबार
काठमाण्डौ – नाचगान, रक्तदान, सडकमा सुत्ने लगायतका शैली अपनाएर काठमाण्डौको सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरु आज भने उग्र देखिएका छन् । यस अघि प्रहरीले तोकेको ठाउँसम्म मात्रै प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज २५ औं दिनमा भने बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् ।
शिक्षकहरु प्रहरीले लगाएको बार नाघेर बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले २५ दिनदेखि माइतिघर–बबरमहल सडमा प्रदर्शन गर्दै आएका छन् । सामुदायिक बिबद्यालय बन्द भएको लामो समय भएपछि सरकारले शिक्षकसँग वार्तालाई तिब्र बनाएको छ ।
आज बिहान पनि सिंहदरबारमा शिक्षा मन्त्री रघुजी पन्तसहित वार्ता भएको थियो । तर, वार्ता निष्कर्षमा पुगेको छैन । अस्ति बिहिवार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिइसकेको छ । जस अनुसार भोलिसम्ममा पठनपाठन गर्ने वातावरण बनाउनुपर्छ ।
शिक्षकहरु यस पटक आफ्ना सबै माग पूरा गरेर मात्रै फर्कने अडानमा छन् । ऐन जारी गर्न अझै समय लाग्ने भएकोले सरकारले माग पूरा गर्न सकेको छैन । यसैबीच विभिन्न पालिकाहरुले तत्काल बिद्यालय खोल्न निर्देशन दिन थालेका छन् ।
गुल्मीको कालीगण्डकी गाउँपालिकाले वैशाख १४ गते अर्थात् भोलिदेखि विद्यालय सञ्चालन नगरे राजीनामा दिन शिक्षकहरूलाई निर्देशन दिएको छ । तनहुँको बन्दीपुर गाउँपालिकाले पनि भोलिदेखि अनिवार्य पढाई सञ्चालन गर्न सूचित गरेको छ ।
रुपन्देहीको रोहिणी गाउँपालिकाले पनि भोलिदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । अरू पालिकाहरुले पनि विद्यालय सञ्चालन गर्न निर्देशन दिन थालेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।