ईसाइ धर्मगुरु पोप फ्रान्सिसको आज अन्त्येष्टि गरिँदै : विश्वका शीर्ष नेताहरू सहभागी

 वैशाख १३, २०८२ शनिबार १२:३०:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

ईसाइ धर्मगुरु पोप फ्रान्सिसको आज अन्त्येष्टि गरिँदैछ । उहाँको गएको सोमवार ८८ वर्षको उमेरमा भ्याटिकन सिटीमा निधन भएको थियो ।

शवलाई सान्टा मार्टा आवासको चर्चबाट बुधवारदेखि अन्तिम दर्शनका लागि सेन्ट पिटर्स बासिलिकामा सारिएको थियो ।

भ्याटिकनले स्वर्गीय पोपलाई श्रद्धाञ्जली दिन तीन दिनमा २ लाख ५० हजारभन्दा धेरै मानिस आएका जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

सन् २०१३ मा पोप बेनेडिक्टको उत्तराधिकारीका रुपमा पोप बन्नुभएका उहाँ ल्याटिन अमेरिकाका पहिलो पोप हुनुहुन्थ्यो ।

पोप फ्रान्सिसको अन्त्येष्टि समारोहमा अमेरिकी राष्ट्रपतिसहित विश्वका शीर्ष नेताहरू सहभागी हुँदैछन् । उहाँको अन्त्येष्टिसँगै नयाँ पोप चयन प्रक्रिया पनि शुरू हुनेछ ।

अन्तिम अपडेट: बैशाख १३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया