कुवेतको आगलागीमा जलेका ४५ शव एयर इण्डियाबाट भारत ल्याइयो

 असार १, २०८१ शनिबार ९:४८:१७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

कुवेतमा भएको अगालागीमा परेर ज्यान गुमाएका ४५ जना भारतीय नागरिकको शव हिजो भारत ल्याइएको छ । एयर इण्डियाको उडानबाट शव भारतको दक्षिणी राज्य केरलको कोची शहरमा ल्याइएको हो ।

भारतका सङ्घ तथा राज्यका सरकारले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरिसकेका छन् । कुवेतको माङ्गफ शहरमा गएको बुधवार भएको आगलागीमा परेर ५० जनाको ज्यान गएको थियो । त्यसमा ४५ जना भारतीय, तीन फिलिपिन्सका नागरिक रहेका छन् । अरु दुई जनाको पहिचान हुन सकेको छैन ।

यसैबीढच भारतको उत्तराखण्डको वन्यजन्तु आरक्षणमा भएको आगो निभाउँनेक्रममा चार जना वन अधिकारीको ज्यान गएको छ । अरु चार जना जलेर घाइते भएका सुरक्षा अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तराखण्डको राजधानी सहर देहरादुनबाट झण्डै तीन सय ७० किलोमिटर पूर्वमा रहेको अल्मोडा जिल्लाको सिभिल सोयाम वन डिभिजनअन्तर्गत रहेको बिनसर वन्यजन्तु आरक्षणमा आगलागी भएको हो । वनमा आगलागी हुनुको मुख्य कारण गर्मी र सुख्खा मौसम मानिएको छ ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया