लोक सेवा आयोगको वार्षिकोत्सव आज

 असार १, २०८१ शनिबार १०:१५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – लोक सेवा आयोगले आज ७४ औँ वार्षिकोत्सव मनाउँदैछ । नेपाल पब्लिक सर्भिस कमिशनको नामबाट विक्रम संवत् २००८ साल असार १ गते लोक सेवा आयोगको स्थापना भएको थियो । आयोगले निजामती सेवामा पदपूर्तिका लागि योग्यतम उम्मेदवार छनोट गरी स्थानीय नियुक्तिका लागि सिफारिस गर्दै आएको छ । यस्तै सुरक्षा निकाय र सङ्गठित संस्थाहरुको पदपूर्तिका लागि समेत आयोगले लिखित परीक्षा सञ्चालन गर्ने काम गर्छ ।

आयोगको वार्षिकोत्सवको पूर्वसन्ध्यामा जेठ ३०, ३१ र ३२ गते अन्तरसंवैधानिक निकाय हाजिरी जवाफ प्रतियोगिता, आन्तरिक ब्याडमिन्टन प्रतियोगिता र रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको छ । हाजिरीजवाफ प्रतियोगितातर्फ निर्वाचन आयोग पहिलो, राष्ट्रिय समावेशी आयोग दोस्रो र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो स्थान हासिल गरेका छन् ।

ब्याडमिन्टन खेलतर्फ अर्जुनप्रसाद रेग्मी र नरबहादुर बोगटीले प्रथम स्थान हासिल गरेका छन् । वार्षिकोत्सवका अवसरमा आयोगमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रमसमेत रहेको आयोगले जनाएको छ । 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया