ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवस मनाइँदै

 असार १, २०८१ शनिबार १२:५४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – आज १५ जुन अर्थात् १९ औँ ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवस मनाइँदैछ । यस वर्ष सङ्कटको समयमा ज्येष्ठ नागरिकलाई संरक्षण र समर्थन महत्वपूर्ण आवश्यकता रहने कुरालाई जोड दिइएको छ ।

जेष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्धको रोकथाम गर्ने अन्तर्राष्ट्रिय सञ्जालले सन् २००६ देखि हरेक वर्ष जुन १५ तारिखलाई ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवस विभिन्न कार्यक्रम गरेर मनाउन थालेको हो । नेपालले यो दिवस सन् २०१२ देखि मनाउन शुरु गरेको हो ।

दिवसको अवसरमा शुभकामनामार्फत् महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सम्पूर्ण ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गरी मातृदेवो भवः पितृ देवो भवःको भावना जागृत गर्न सबैमा आह्वान गर्नुभएको छ । उहाँले ज्येष्ठ नागरिक पथ प्रदर्शक र अमूल्य निधि भएको बताउँदै ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्ताले ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।

हरेक घरपरिवारमा ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने वातावरण सिर्जना गरी सरल, सहज जीवनयापन गर्न, सबै प्रकारका दुर्व्यवहारको अन्त्य र सम्मानजनक व्यवहारको आवश्यकता भएकाले सरकारले ज्येष्ठ नागरिकको लागि नीतिगत व्यवस्था गरेको उहाँको भनाई छ । 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया