युक्रेनसँगको युद्ध रोक्न रुसी राष्ट्रपति पुटिनको दुई वटा सर्त

 असार १, २०८१ शनिबार १५:११:५६ | एजेन्सी
unn.prixa.net

एजेन्सी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध रोक्न दुई वटा सर्त राख्नुभएको छ । युक्रेनले डोनेट्स्क, लुहानस्क, खेरसन र जापोरिजियाबाट आफ्ना सेना फिर्ता लिनुपर्ने र युक्रेन नेटोमा सामेल नहुने ग्यारेन्टी गरेमा युद्ध रोकेर शान्ति वार्ता गर्न रुस तयार रहेको पुटिनले बताउनुभएको छ ।

युक्रेनको आयोजनामा स्वीट्जरल्याण्डमा ९० देशका प्रतिनिधि सहभागी शान्ति शिखर सम्मेलन शुरु हुनै लाग्दा पुटिनले सर्तसहित युद्धविरामको प्रस्ताव अघि सार्नुभएको हो । रुसी राष्ट्रपति पुटिनले युक्रेनले डोनेट्स्क, लुहानस्क, खेरसन र जापोरिजियाबाट सबै सेना फिर्ता लिने र नाटोमा सामेल नहुने घोषणा गरेपछि रुसी सेना त्यहाँबाट फिर्ता हुन थाल्ने बताउनुभएको छ ।

यस्तै युक्रेनले रुसी भाषा बोल्नेको अधिकार सुरक्षित गर्नुपर्ने पनि रुसी राष्ट्रपति पुटिनको सर्त रहेको छ । यस्तै युक्रेनको सहयोग गर्ने बहानामा रुसविरुद्ध लगाएका सबै अन्तर्राष्ट्रिय प्रतिबन्ध पनि हटाउनुपर्ने रुसले माग गरेको छ ।

स्वीट्जरल्याण्डमा आजदेखि शुरु हुने शिखर सम्मेलनमा युक्रेनको शान्ति मार्गको बारेमा छलफल हुनेछ । सम्मेलनमा रुसका प्रतिनिधिलाई बोलाइएको छैन । चीन, ब्राजिल र साउदी अरबका प्रतिनिधिले सम्मेलनमा भाग लिन अस्वीकार गरेका छन् । सम्मेलनमा लिइएका निर्णय मध्यस्थकर्तामार्फत रुसलाई बुझाउने खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया