स्वीकृतिबिना आफ्नो क्षेत्रमा अमेरिकाले परमाणु पनडुब्बी तैनाथ गरेको भन्दै क्युबाकाे आपत्ति

 असार १, २०८१ शनिबार १८:३:१० | एजेन्सी
unn.prixa.net

एजेन्सी

क्युबाले आफ्नो स्वीकृति बिना अमेरिकाले गुआन्टानामो खाडीको नौसैनिक अड्डामा परमाणु पनडुब्बी तैनाथ गरेको भन्दै विरोध गरेको छ । अमेरिकाले अवैध रूपमा कब्जा गरेको गुआन्टानामो क्षेत्रमा अहिले परमाणु पनडुब्बी परिचालन गरेर क्युबाको सार्वभौमसत्तामाथि धावा बोलेको क्युबाले प्रतिक्रिया दिएको छ ।

क्युबाका विदेश मन्त्री कार्लोस फर्नाण्डेज डे कोसियो डोमिन्गुजले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार केही वर्ष पहिले स्थापित प्रक्रिया अनुसार अमेरिकी जहाजको उपस्थितिबारे जानकारी दिइएको थियो । क्युबाले निमन्त्रणा बिना आफ्नो क्षेत्रमा नौसेनाको उपस्थितिलाई अनुमोदन नगर्ने जनाएको छ ।

संयुक्त राज्य अमेरिकाले भने पहिले क्युवासँग भएको सहमति अनुसार नै एउटा आणविक पनडुब्बी गुआन्टानामो खाडी नौसेना आधार नजिकैको तैनाथ गरेको बताएको छ । रुसका चार वटा नौसेना जहाज क्युवाको राजधानी हवाना बन्दरगाहमा पुगेको एक दिनपछि अमेरिकाले पनि आणविक पनडुब्बी तैनाथ गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अमेरिका र रुसका लडाकु पानीजहाज क्युवाको क्षेत्रमा तैनाथ हुँदा त्यस क्षेत्रका नागरिक डराएका खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया