आज गङ्गा दशहरा पर्व : रसुवाको गोसाईंकुण्डसहित तीर्थस्थलमा मेला

 असार २, २०८१ आइतबार १३:७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आज गङ्गा दशहरा पर्व मनाइँदैछ । जेठ शुक्ल दशमीका दिन यो पर्व मनाउने परम्परा छ । सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका लागि भगीरथले तपस्या गरी गङ्गालाई पृथ्वीमा ल्याएको पौराणिक मान्यता छ ।

आजको दिन गङ्गा स्नान गर्ने, गङ्गा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी पर्व मनाउँछन् । सूर्योदयअघि स्नान गरेर आफू नुहाएको जलाशयलाई गङ्गाको रूप मानेर पूजा पनि गरिन्छ ।

आजको दिन गङ्गा स्नान गरेर व्रत बसी अन्न, द्रव्य दान गर्नाले पून्य हुने हिन्दू मैथिल जनविश्वास रहेको महोत्तरी जलेश्वर–५ का मैथिल लोकपरम्पराका जानकार प्राध्यापक ध्रुव राय बताउनुहुन्छ । गङ्गा दशहराको अवसरमा धार्मिक स्थल रसुवाको गोसाईंकुण्डमा हरेक वर्ष मेला लाग्ने गर्छ ।

मेला भर्न गोसाईंकुण्डमा हजारौँ स्वदेशी तथा विदेशी तीर्थालु तथा पर्यटक पुग्ने गर्छन् । यस्तै सुदूरपश्चिमको खप्तड क्षेत्रमा पनि मेला लाग्छ । देशका अरू ठाउँका नदी/तलाउ/मठमन्दिरमा पनि तीर्थालुको भीड हुन्छ ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया