ढल्केबर–भोक्राहा प्रसारण लाइनमा विद्युत् प्रवाह परीक्षण शुरु, खम्बामा नचढ्न र तार नछुन आग्रह

 असार २, २०८१ आइतबार १५:१६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ढल्केबर–भोक्राहा विद्युत् प्रसारण लाइनमा आजदेखि विद्युत् प्रवाह परीक्षण शुरु भएको छ । ढल्केबर–इनरुवा विद्युत् प्रसारण लाइनलाई राष्ट्रिय प्रणालीमा समाहित गर्न धनुषाको ढल्केबर सबस्टेशनबाट सुनसरीको भोक्राहामा रहेको सबस्टेशनसम्म डबल सर्किट प्रसारण लाइनबाट ४०० केभी क्षमताको विद्युत् प्रवाह गरी परीक्षण शुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रसारण लाइनका टावरहरूमा नचढ्न, कुनै पनि वस्तुले तारमा तथा खतरा सङ्केत जनाइएका वस्तुहरूलाई नछुन र आफ्ना बालबालिकालाई समेत सचेत गराउन अनुरोध गरेको छ । साथै परीक्षणका क्रममा कुनै ठाउँमा करेन्ट आएमा वा झिल्का देखिएमा तथा कुनै खतरा देखिएमा नजिकको प्रहरी चौकीमा वा नजिकको नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा खबर गर्न प्राधिकरणले आग्रह गरेको छ ।

नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाले निर्माण गरेको ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । अब परीक्षण गरेपछि प्रसारण लाइन सञ्चालनमा ल्याइने विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइनको रुटमा धनुषाको मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका र गणेशमान चारनाथ नगरपालिका पर्छन् । यस्तै सिरहाको कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका र लहान नगरपालिका पर्छन् ।

यसैगरी सप्तरीको सुरुङ्गा नगरपालिका, खडग नगरपालिका, शम्भुनाथ नगरपालिका, रुपनी गाउँपालिका, अग्नीसाइर गाउँपालिका, रुपनगर कञ्चनपुर नगरपालिका र सप्तकोशी नगरपालिका, उदयपुरको बेलका नगरपालिका तथा सुनसरीको सुनसरी बराहक्षेत्र नगरपालिका, रामधुनी गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका प्रसारण लाइनको रुटमा पर्दछन् ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया