कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ, ९४ कराेड रुपैयाँभन्दा बढी ठगी गरेकाे आराेप

 असार २, २०८१ आइतबार १५:२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – सर्वसाधारणको ९४ करोड २३ लाख रुपैयाँ बचत रकम हिनामिना गरेको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाई बचतकर्ताहरूको रकम अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक र व्यवस्थापकहरूलाई पक्राउ गरिएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले पक्राउ पर्नेहरूमा तेजविक्रम थापा, सजना राजकर्णिकार,सञ्जय सापकोटा र भीमसेन महर्जन रहेका बताउनुभयो । तनहुँका थापा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् भने काठमाण्डाैकाे गोकर्णेश्वरकी राजकर्णिकार संस्थाकी व्यवस्थापक हुन् । त्यस्तै काठमाण्डाैकाे कीर्तिपुरका महर्जन र काठमाण्डाैकाे चाबहिलका सापकोटा संस्थाका सदस्य रहेका एसएसपी भट्टराईले बताउनुभयो ।

तेजविक्रम थापाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाण्डाैमा पाँच सय ६६ जनाले जाहेरी दर्ता गरेका छन् । पक्राउ परेकाहरूले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेका प्रहरीले बताएको छ । कृषि विकास सहकारीमा दुई हजार पाँच सय ३१ जनाको दुई अर्ब ८० करोड रुपैयाँ बचत रहेको प्रहरीले बताएको छ ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया