इजरायली आक्रमणका कारण गाजापट्टीका ६ लाखभन्दा धेरै बालबालिका शिक्षाबाट वञ्चित

 असार २, २०८१ आइतबार १५:१८:५७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

इजरायलको आक्रमणका कारण प्यालेस्टाइनको गाजापट्टीका छ लाख जनाभन्दा धेरै बालबालिका शिक्षाबाट वञ्चित भएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय राहत तथा निर्माण एजेन्सी फर प्यालेस्टाइन रिफ्युजिज इन द नेयर इस्टले गाजापट्टीमा छ लाख २५ हजार जना बालबालिका शिक्षाबाट वञ्चित भएका जनाएको छ । प्यालेस्टाइन–इजरायल द्वन्द्वले विद्यालय ध्वस्त हुनु, शिक्षक र विद्यार्थी मारिनु तथा लाखौँ नागरिक शरणार्थी बनेका कारण बालबालिकाले पढ्न नपाएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्यालेस्टाइनका बालबालिकालाई सिकाइमा फर्काउनका लागि विभिन्न गतिविधिमार्फत सहयोग गरे पनि यो पर्याप्त नभएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

युद्धले गाजाका हजारौँ बालबालिकाको बाल्यकाल लुटेको र बाँचेकाहरू गहिरो आघातमा परेका खबरमा उल्लेख छ । उनीहरूले शिक्षा वा खेलविना सम्पूर्ण शैक्षिक वर्ष गुमाएका छन् । इजरायलले गाजामा गरेको आक्रमणमा सबैभन्दा धेरै बालबालिका नै पीडित बनेका छन् ।

गएको अक्टोबर ७ तारिखपछि इजरायलले गाजामा गरेको आक्रमणमा परेर ३७ हजार दुई सय ९६ जनाको ज्यान गएको छ । यस्तै ८५ हजार जनाभन्दा धेरै घाइते छन् । मृतक र घाइतेमध्ये धेरै महिला र बालबालिका रहेका छन् ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया